FAQs Complain Problems

Blogs

वडा कार्यालय

वडा कार्यालयका काम कर्तब्य र अधिकार

• आफ्नो वडा भित्रको वस्तुगत विवरण (नदीनाला, जैविक विविधता, खनिज पदार्थ, जनसंख्याको बनोट, आर्थिक अवस्था, उद्योगधन्दा, शिक्षा तथा स्वास्थ्य सम्बन्धी विवरण आदि) तयार गर्ने, अद्यावधिक गर्दै लैजाने,
• निजी घर तथा घरपरिवारको लगत राख्ने,
• ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक तथा धार्मिक महत्वका सम्पदा, प्राचीन स्मारक, सार्वजनिक तथा सामुदायिक भवन, सार्वजनिक, ऐलानी, पर्ती जग्गाको लगत राख्ने तथा संरक्षण गर्ने,
• खुला क्षेत्र, चोक, घाट, पाटी, पौवा, सत्तल, धर्मशाला, मठ, मन्दिर, गुम्वा, मस्जिद, देवस्थल, मदरसा, पर्ति जग्गा, डाँडापाखा, चरनक्षेत्र, पानीको मूल, पोखरी, तलाउ, इनार कुवा, धारा, ढुँगेधारा, गुठीघर, बाटो, सडक, पुल पुलेसा, कुलो नहर, पानी घट्ट, मिलको तथ्याङ्क सङ्कलन गरी अद्यावधिक लगत राख्ने, संरक्षण गर्ने र खण्डीकृत तथ्याङ्क र सूचना सहितको वडाको पाश्रव चित्र तयार तथा अद्यावधिक गर्ने ।
• वडाका विकास निर्माणका योजना तर्जुमा, कार्यान्वयन, अनुगमन तथा आवधिक प्रगति समीक्षा गर्ने ।
• सहभागीतामूलक योजना तर्जुमा प्रणाली अनुसार बस्ती वा टोलस्तरबाट योजना तर्जुमा प्रक्रिया अवलम्बन गरी बस्ती तथा टोलस्तरीय योजनाको माग सङ्कलन, प्राथमिकीकरण तथा छनौट गर्ने ।
• टोल विकास संस्थाको गठन र परिचालन तथा वडाभित्र सञ्चालन हुने योजनाहरूका लागि उपभोक्ता समितिको गठन तथा सोको अनुगमन गर्ने ।
• वडाभित्रका योजना तथा भौतिक पूर्वाधारको संरक्षण, मर्मत सम्भार, रेखदेख तथा व्यवस्थापन गर्ने ।
• बालउद्यानको व्यवस्था गर्ने ।
• अनौपचारिक शिक्षा कार्यक्रम तथा प्रारम्भिक बाल विकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने ।
• पुस्तकालय, वाचनालय, सामुदायिक सिकाई केन्द्र, बालक्लब तथा बालसञ्चालको सञ्चालन र व्यवस्थापन गर्ने ।
• वडा तहको स्वास्थ्य केन्द्र तथा उप केन्द्रको व्यवस्थापन गर्ने ।
• बालबालिकाहरूलाई बि.सि.जि., पोलियो, भिटामिन (ए) को व्यवस्था गर्ने ।
• पोषण कार्यक्रमको सञ्चालन गर्ने ।
• वडा तहमा स्वास्थ्य जनचेतना विकास तथा स्वास्थ्य सूचना कार्यक्रमको सञ्चालन गर्ने ।
• शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने ।
• सार्वजनिक शौचालय तथा स्नान गृहको निर्माण र व्यवस्थापन गर्ने, गराउने ।
• वडास्तरीत सामुदायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गुणस्तर नियमन गर्ने।
• घरबाट निकास हुने फोहरमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफाई, ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने ।
• कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय, प्रवद्र्धन र वडास्तरीय अगुवा कृषक तालिमको अभिमुखीकरण गर्ने ।
• कृषि मलको माग सङ्कलन गर्ने ।
• कृषिमा लाग्ने रोगहरूको विवरण तयार गर्ने ।
• पशुपंछी विकास तथा छाडा चौपायाको व्यवस्थापन ।
• वडाभित्रको चरन क्षेत्र संरक्षण तथा व्यवस्थापन गर्ने ।
• स्थानीय समुदायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा सांस्कृतिक कार्यक्रम गर्ने गराउने ।
• स्थानीय मौलिकता झल्किने सांस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्ने ।
• वडाभित्र खेलकुद पूर्वाधारको विकास गर्ने ।
• अन्तर विद्यालय तथा बालक्लव मार्फत् खेलकुद कार्यक्रमको सञ्चालन गर्ने गराउने ।
• वडा क्षेत्रभित्रको बाटोघाटो चालू अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने,
• वडाभित्रका सडक अधिकारक्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने,
• बाटोघाटोको बाढी, पहिरो पन्छाउने,
• घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने,
• वडाभित्र घरेलु उद्योगको प्रवद्र्धन गर्ने,
• प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक र सोको अभिलेख संरक्षण गर्ने,
• व्यक्तिगत घटना दर्ता सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन गर्ने,
• सामाजिक सुरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने,
• वडालाई बालमैत्री बनाउने,
• वडाभित्र आर्थिक तथा सामाजिक रूपमा पछि परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समुदायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने,
• विभिन्न समुदायका बीच सामाजिक सदभाव र सौहार्दता कायम गर्ने,
• बालबालिका, महिला विरुद्धको हिँसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचबिखन, निरक्षरता जस्ता सामाजिक कुरिती र अन्धविश्वासको अन्त्य गर्ने, गराउने,
• प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमी कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ्ग, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने,
• असक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा र्पुयाई औषधोपचार गराउने,
• असहाय वा बेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने,
• सडक बालबालिकाको उद्धार र पुनस्र्थापना गर्ने, गराउने,
• वडाभित्रको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक विविधताको संरक्षण र प्रवद्र्धन गर्ने,
• वडा, टोल, बस्तीस्तरमा हरियाली क्षेत्र विस्तार गर्ने, गराउने,
• वडालाई वातावरणमैत्री बनाउने,
• प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासनजस्ता प्रवद्र्धनात्मक कार्यहरू गर्ने, गराउने ।
• कानून बमोजिमका नियमन कार्य गर्ने ।
• वडभित्र सञ्चालित विकास योजना, आयोजना तथा संलग्न उपभोक्ता समितिहरूका कार्यको नियमन गर्ने,
• घरनिर्माण गुणस्तर तथा भवन संहिता र मापदण्ड अनुसार भए नभएको अनुगमन गर्ने, सिकर्मी, डकर्मीलाई भूकम्प प्रतिरोधी भवन निर्माण सम्बन्धी तालिम दिने,
• खाद्यन्न, माछा, मासु, तरकारी, फलफूल, पेय पदार्थ तथा उपभोग्य सामग्रीको गुणस्तर र मूल्यसूची अनुगमन गरी उपभोक्ता हित संरक्षण गर्ने,
• वडाभित्र उद्योग धन्दा र व्यवसायको प्रवद्र्धन गरी लगत राख्ने,
• हाट बजारको व्यवस्थापन गर्ने, गराउने,
• विद्युत चुहावट तथा चोरी नियन्त्रण गर्ने ।
• नाता, नागरिकता आदिको सिफारिश तथा प्रमाणित गर्ने ।
• आफ्नो भौगोलिक क्षेत्र भित्रको निर्माण कार्य तथा अन्य सेवाको प्रयोजनका लागि निर्माण सामग्री, ज्याला, भाडा तथा महशूलको स्थानीय दररेट तोक्ने ।
• आफ्ना वडाभित्रका उपभोक्ता समिति, सहकारी संस्था, निजी क्षेत्र लगायतका सबै विकिास साझेदारहरूसँग विकास निर्माण तथा सार्वजनिक सेवा प्रवाहमा समन्वय गर्ने ।
• समय समयमा नेपाल कानूनले तोकेबमोजिम अन्य काम गर्ने ।
• पञ्जिकरण, नागरिकता तथा अभिलेख व्यवस्थापन
• नगरपालिकामा व्यक्तिगत घटनाको स्थानीय तथ्याङ्क सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
• संघीय कानून र मापदण्ड बमोजिम नगरपालिकामा व्यक्तिगत घटना (जन्म, मृत्यु, विवाह, बसाई सराइ, सम्बन्ध विच्छेद र धर्मपुत्र र धर्मपुत्री) को दर्ता,
• आधुनिक प्रविधि अपनाई व्यक्तिगत घटनाको अभिलेख व्यवस्थापन र प्रतिवेदन,
• नेपाली नागरिकताको प्रमाणपत्रका लागि सिफारिस लगायतका महत्वपूर्ण अभिलेखको व्यवस्थापन,
• स्थानीय अभिलेख व्यवस्थापन सम्बन्धी नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन,
• स्थानीय स्तरको अभिलेख व्यवस्थापन ।
• नाता प्रमाणित गर्ने,
• नागरिकता तथा नागरिकताको प्रतिलिपि लिनका लागि सिफारिस गर्ने,
• बहाल करको लेखाजोखा सिफारिस गर्ने,
• कोठा खोल्न रोहबरमा बस्ने,
• मोही लगत कट्टाको सिफारिस गर्ने,
• घरजग्गा करको लेखाजोखा सिफारिस गर्ने,
• जन्म मिति प्रमाणित गर्ने,
• व्यापार व्यवसाय बन्द भएको, सञ्चालन नभएको वा व्यापार व्यवसाय हुँदै नभएको सिफारिस गर्ने,
• मिलापत्रको कागज गराउने निवेदन दर्ता गर्न सिफारिस गर्ने,
• विवाह प्रमाणित तथा अविवाहित प्रमाणित गर्ने,
• निःशुल्क वा सशुल्क स्वास्थ्य उपचारको सिफारिस गर्ने,
• अङ्ग्रेजी माध्यममा सिफारिस तथा प्रमाणित गर्ने,
• घरपाताल प्रमाणित गर्ने,
• व्यक्तिगत विवरण प्रमाणित गर्ने,
• पुर्जामा घरकायम गर्ने सिफारिस गर्ने,
• फरक, फरक नाम, थर, जन्म मिति तथा प्रमाणित दुवै नाम गरेको व्यक्ति एकै हो भन्ने सिफारिस गर्ने,
• नाम, थर, जन्म मिति संशोधनको सिफारिस गर्ने,
• जग्गा धनीपूर्जा हराएको सिफारिस गर्ने,
• कागज र मन्जुरीनामा प्रमाणित गर्ने,
• कित्ताकाट गर्न सिफारिस गर्ने,
• संरक्षक प्रमाणित गर्ने तथा संस्थागत र व्यक्तिगत संरक्षक सिफारिस गर्ने,
• जीवितसँगको नाता प्रमाणित गर्ने,
• हकवाला वा हकदार प्रमाणित गर्ने,
• नामसारी गर्न सिफारिस गर्ने,
• जग्गाको हक सम्बन्धमा सिफारिस गर्ने,
• मृतकसँगको नाता प्रमाणित तथा सज्र्मिन सिफारिस गर्र्ने,
• उद्योग ठाउँसारी गर्न सिफारिस गर्ने,
• जीवित रहेको सिफारिस गर्ने,
• पूर्व प्राथमिक विद्यालय खोल्ने सिफारिस र अनुमति दिने,
• जग्गा मूल्याङ्कन सिफारिस प्रमाणित गर्ने,
• विद्यालयको कक्षा थप गर्न सिफारिस गर्ने,
• पालन पोषणको लागि सिफारिस गर्ने,
• वैवाहिक अङ्गिकृत नागरिकता सिफारिस गर्ने,
• आर्थिक अवस्था कमजोर वा विपन्नता प्रमाणित गर्न वा आर्थिक अवस्था बलियो वा सम्पन्नता प्रमाणित
• विद्यालय ठाउँ सारी गर्न सिफारिस गर्ने,
• धारा तथा विद्युत जडानको लागि सिफारिस गर्ने,
• प्रचलित कानून अनुसार प्रत्यायोजित अधिकार बमोजिमको अन्य सिफारिस वा प्रमाणित गर्ने ।