FAQs Complain Problems

Blogs

नगर परिचय

समुद्र सतहबाट १६० देखि १७५ मिटरको उचाइँमा रहेको तिलोत्तमा नगरपालिकाको नामकरण पवित्र तथा प्राचीन नदी तिलोत्तमाबाट रहन गएको हो । पुराणप्रसिद्ध स्वर्गलोककी एक सुन्दरी अप्सरा तिलोत्तमाका नामबाट रहन गएको उक्त नदीले राणाकालको आरम्भसँगै स्थानीय थारु जमिन्दारको विशेष पहलमा सिँचाइको व्यापकता पाएको बुझिन्छ । यही तिलोत्तमा नदीबाट सिंचित भूमिलाई साविकका सात गाविस (आनन्दवन, शंकरनगर, करहिया, मक्रहर, मधवलिया, टिकुलीगढ र गंगोलिया) जोडेर यस नगरको नाम तिलोत्तमा राखिन गएको हो । वर्षामासमा पहाडी पाँगो बोकेर आउने तिलोत्तमा नदीले यस क्षेत्रलाई अन्न, तरकारी र फलफूलका लागि अत्यन्त उर्वर बनाएको छ । तिलोत्तमा भूमिको कृषिका निम्ति तिलोत्तमा नदी वरदान सावित हुँदै आएकाले पनि यस नगरको उपर्युक्त नाम उपयुक्त रहेको छ ।

यो नगरपालिका २७० ३३ुदेखि २७०३९ु उत्तरी अक्षांश र ८३० २५ुदेखि ८३० ३३ु पूर्वी देशान्तरमा अवस्थित रहेको छ । नेपालको ५ नं. प्रदेशअन्तर्गत लुम्बिनी अञ्चलको रूपन्देही जिल्लामा रहेको नवघोषित तिलोत्तमा नगरपालिका पूर्वमा रोहिणी नदी र देवदह नगरपालिका, पश्चिममा तिनाउ नदी र सियारी तथा शुद्धोधन गाउँपालिका, उत्तरमा बुटवल उपमहानगरपालिका एवं दक्षिणमा ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिकाका बीचमा अवस्थित छ । यस नगरपालिकाको जम्माजम्मी क्षेत्रफल १२६.२ वर्ग कि.मि. रहेको छ जसमा लम्बाई सरदर १२.५ कि.मि. र चौडाई सरदर १०.१ कि.मि. छ । हाल यसकोे जनसंख्या १,२३,००० पुगेको छ ।

वि.सं. २०७१ सालमा नगरपालिका घोषणा भई २०७३ सालमा नगरकार्यपालिकाका रूपमा स्थापित यो क्षेत्र अक्षत भूमि ९खष्चनष्ल बिलम० का रूपमा रहेको छ । नवीन नगरका रूपमा स्तरोन्नति हुने क्रममा रहेकाले यसले अहिलेसम्म कुनै पनि कुरूपताको अभिशाप बोक्नुपरेको छैन । १७ वटा वडामा विस्तारित यस नगरमा एकीकृत बस्ती विकास, योजनाबद्ध सहरीकरण, आधारभूत भौतिक सुविधाको उपलब्धता आदिको उचित व्यवस्थापन गर्न सकिने प्रशस्त आधारहरू रहेका छन् । पुराना सहरहरूले भोगिरहेका समस्यालाई शिक्षाका रूपमा लिँदै यस नगरमा रहेका विशिष्ट सम्भावनाहरूको गम्भीरतापूर्वक अध्ययन गरेर दीर्घकालीन योजनाका साथ अगि बढेमा यसको समुज्ज्वल भविष्य देखिन्छ ।

Slider: 
0