Blogs
बसाइसराई जाने वा आउने दर्ता
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
निवेदन पत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
बसाइसराई गरी जानेको हकमा परिवारको विवरणसहित सम्बन्धित वडा कार्यालयको बसाईसराईको कागजात
जहा जाने हो त्यस ठाउँको लालपूर्जा र जुन ठाउमा आउने हो सोठाउँको पनि लालपुर्जा पेश गर्नुपर्ने ।
बसाइसराइ गरी आउनेको बसाइ सराईगरी ल्याएको प्रमाणपत्र
जाने (आउने सबै व्यक्तिको नागरिकता र जन्मदर्ताको प्रतिलिपि )
चालु आ.व. सम्मको घर जग्गा र मालपोत कर वा सम्पत्ति कर तिरेको रसिद
प्रक्रिया:
घटना घटेको ३५ दिन भित्र सपरिवारको बसाइसराई भए परिवारको मूख्य व्यक्तिले सूचना दिने ।
एकजनाको मात्र बसाइसराई भए निजले सूचना दिने ।