FAQs Complain Problems

Blogs

सूचना तथा समाचार

रेल्वे सर्वे सम्बन्धि ध्यानाकर्षण सम्बन्धमा

रेल्वे सर्वे सम्बन्धि ध्यानाकर्षण सम्बन्धमा 

सडक सरसफाइमा जुटे घनश्याम भुसाल

सडक सरसफाइमा जुटे घनश्याम भुसाल

चिसो मौसमले यतिबेला देशभरको जनजिवन कष्टकर बनेको छ । तराई/मधेसका क्षेत्रमा लागेको बाक्लो हुस्सु र पहाड–हिमालका क्षेत्रमा लागेको कुहिरोले दैनन्दिन क्रियाकलापमा असहजता पैदा गरेको छ । तर, विहानीपखको चिसो ठण्डी र सिरेटाेलाई छिचोल्दै एमाले उप–महासचिव घनश्याम भुसाल कुचो बोकेर सडकमा निस्किए ।

आज माघे संक्रान्ति पर्वको पनि हो । उनी ठण्डी र पर्वको कुनै प्रवाह नगरी नगरपालिकाको ड्राईभरटोल चोकमा सडक सरसफाइमा एक हुल मानिसहित निस्किए । नागरिकसँगै भुसाल हातमा पञ्जा र मुखमा माक्स लगाएर सडक सरसफाइमा सरिक भए ।

प्रतिनिधिसभा सांसद भुसालको कार्यमा प्रदेशसभा सांसद लिला गिरीले पनि साथ दिए । सडक सफाइ अभियान तिलोत्तमा नगरपालिकाले ‘समुदायमा आधारित सरसफाइ अभियान’ नाम दिएर सञ्चालन गर्दै आएको थियो ।

भुसाल रुपन्देही क्षेत्र नं. ३ र गिरी क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ तर्फका सांसद हुन् । सोमबार तिलोत्तमा नगरपालिकाले बुटवल–बेलहिया सिक्सलेन सडकको ड्राईभरटोल चोकदेखि शंकरनगर चोकसम्म सरसफाइ गरेको हो ।

सरसफाइ सामाजिक विकासको अभियान

सरसफाई अभियानमा सांसदहरुकोसमेत सहभागिताले आफूहरुलाई थप हौसला मिलेको नगर प्रमुख वासुदेव घिमिरेले बताए । अभियानमा जनप्रतिनिधिहरुका साथै विभिन्न टोल विकास संस्था, विभिन्न क्लव, आमा समूह, शिक्षण संस्थासँगै स्थानीयको पनि उल्लेख्य सहभागिता थियो ।

प्रतिनिधिसभा सदस्य भुसालले सरसफाई अभियान सामाजिक विकासको अभियान भएको बताए । उनले आर्थिक विकासका लागि सामाजिक काममा ध्यान जानु जरुरी पनि रहेको बताए । भुसालले सामाजिक कार्यबाट नै समाज परिवर्तनमा सहयोग पुग्नमा जोड दिए ।

सोमबारको सरसफाइमा झण्डै दुई टिप्पर फोहोर व्यवस्थापन गरिएको छ । यसरी व्यवस्थापन गरिएको फोहोरमा अधिकांश सुर्ती, गुट्खा, विभिन्न जङ्क फुडका खोललगायत प्लाष्टिकजन्य फोहोर रहेको छ । अभियानकै क्रममा विभिन्न व्यक्तिहरुले आफ्नो घर अगाडि, बुटवल–बेलहिया सिक्सलेन सडकको ‘ग्रीन जोन’ मा फूलका विरुवाहरु रोपेका छन् ।

तिलोत्तमा नगरपालिका को नगर सरसफाइ अभियान बारे सुचना

तिलोत्तमा नगरपालिकाले सञ्चालन गर्दै आएको समुदायमा आधारित सरसफाई महा अभियान प्रतिनिधिसभा माननीय सदस्य घनश्याम भुसालज्यू प्रमुख आतिथ्यतामा देहाय बमोजिम संचालन हुन गईरहेको हुँदा उक्त स्थानमा पायक पर्ने नगरबासीहरुलाई उपस्थितिको लागि अनुरोध गर्दछु । साथै पायक नपर्ने नगरबासीहरुले आआफ्नो टोलमा सरसफाई महाअभियान संचालन गर्नु हुन अनुरोध छ । मिति २०७४।१०।१ गते स्थान : ड्राईभर टोल चोक समय : विहान ७ बजे अनुरोधक तिलोत्तमा नगरपालिका परिवार /

तिलाेत्तमा नगरपालिकाकाे सडक मर्मत सम्बन्धि सूचना

तिलाेत्तमा नगरपालिकाकाे सडक मर्मत सम्बन्धि सूचना 

IT Officer को प्रयोगात्मक र अन्तर्वाता सम्बन्धी सुचना

IT Officer को प्रयोगात्मक र अन्तर्वाता सम्बन्धी सुचना 

सुचना प्रविधि अधिकृतकाे पाठ्यक्रम

सुचना प्रविधि अधिकृतकाे पाठ्यक्रम

दरखास्त फारम

दरखास्त फारम

Pages