Blogs
नवालक परिचयपत्र सिफारिस
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
बाबुआमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
जन्म दर्ताका प्रमाणपत्र प्रमाणित प्रतिलिपी
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद
नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
बावुआमा र नावालक अनिवार्य रुपमा उपस्थित हुनुपर्ने ।
दुवै कान देखिने पासपोर्टसाईजको फोटो २ प्रति
प्रक्रिया:
निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ तोकआदेश गर्ने
निवेदन दर्ता गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने