FAQs Complain Problems

नगारिकता प्रमाणपत्र र ना.प्र.को प्रतिलि सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

कालो  मसीले लेखेको तोकिए बमोजिमको निवेदन र आमा र बुबाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि,बुवा,आमा दुवैको मृत्यु भएको अवस्थामा मृत्यु दर्ताको प्रतिलिपि

जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि

विवाहित महिलाको हकमा पति, आमा र बुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि र सनाखत गर्नेको नागरिकताको प्रतिलिपि

चारित्रिक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)           

 विवाह  दर्ता प्रमाणपत्रको प्रतिलिपि बिबाहिताको हकमा)   

 बसाँईसरी आएकाको हकमा बसाँइ सराईको प्रमाण पत्रको प्रतिलिपि

 दुवैकान देखिने पासपोट साईजको फोटा २ प्रति          

चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात  

 कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस

प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकता

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी   सिफारिस तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने

तोकिएको ढाँचामा नागरिकता सिफारिसको अभिलेख राख्ने ।