Blogs
दुवै नाम गरेको ब्यक्ति एकै हो भन्ने सिफारिस वा फरक जन्म मिति संशोधन सिफारिस
लाग्ने समय:
सोही दिन
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय:
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क:
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु:
नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
नाम फरक परेको पुष्टि गर्ने प्रमाणित कागजातहरु
चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएका कागजात
सम्बन्धि व्यक्ति वा हकवाला उपस्थित भइ सनाखत गर्नुपर्ने
आवश्यकता अनुसार स्थानीय सर्जमिनको मुचुल्काको प्रतिवेदन माग गर्न सक्ने
पासपोर्ट साइजको फोटो २ प्रति
बसाइृ सरी आएको भए बसाइँ सराइँको प्रमाणपत्र
प्रक्रिया:
निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने
वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ तोकआदेश गर्ने
निवेदन दर्ता गर्ने
तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने
निवेदकले तोकिएको शुल्क बुझाउने
चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने