FAQs Complain Problems

समाचार

कृषि सेवा केन्द्र

कृषि सेवा केन्द्रका काम कर्तब्य र अधिकार

• कृषि, कृषि प्रसार, कृषि उत्पादन व्यवस्थापनसम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन ।
• कृषि बजार सूचना, कृषि बजार तथा हाटबजारको पूर्वाधार निर्माण, साना सिंचाई निर्माण, तालिम, प्रविधि प्रसार, प्राविधिक टेवा, कृषि सामग्री आपूर्ति र कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन ।
• कृषिजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण ।
• कृषि वातावरण संरक्षण तथा जैविक विविधताको संरक्षण र प्रबद्र्धन ।
• कृषि प्रसार तथा जनशक्तिको प्रक्षेपण, व्यवस्थापन र परिचालन ।
• उच्च मूल्ययुक्त कृषिजन्य वस्तुको प्रबद्र्धन, विकास तथा बजारीकरण ।
• कृषिसम्बन्धी बीमा र कर्जा सहजीकरण ।
• शीत भण्डारणको व्यवस्थापन ।
• कृषकहरूको क्षमता अभिवृद्धि, प्राविधिक सेवा, टेवा, सीप विकास र सशक्तिकरण ।
• कृषि बीउबिजन, नश्ल सुधार, मलखाद र रसायन तथा औषधीहरूको आपूर्ति, उपयोग र नियमन ।
• कृषक समूह, कृषि सहकारी र कृषि सम्बन्धी स्थानीय संघ संस्थाहरूको समन्वय, व्यवस्थापन र नियमन ।
• कृषि सम्बन्धी प्रविधिको संरक्षण र हस्तान्तरण ।
• कृषि तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली तथा कृषि सम्बन्धी सूचनाको प्रचारप्रसार ।
• कृषि स्रोत केन्द्रको स्थापना र व्यवस्थापन ।
• पशुपालन र पशु स्वास्थ्य सम्बन्धी स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यान्वयन र नियमन ।
• पशुपन्छी बजार सूचना, हाटबजारको पूर्वाधार निर्माण, तालिम, प्राविधिक टेवा, कृषक क्षमता विकास कार्यक्रमको सञ्चालन र नियमन ।
• पशुपन्छीजन्य प्राकृतिक प्रकोप तथा महामारी रोगको नियन्त्रण ।
• पशुपन्छी चिकित्सा सेवाको व्यवस्थापन ।
• पशुनश्ल सुधार पद्धति विकास र व्यवस्थापन ।
• पशुपन्छी सम्बन्धी बीमा र कर्जा सहजीकरण ।
• स्थानीय चरन तथा खर्क विकास र व्यवस्थापन ।
• पशु आहारको गुणस्तर नियमन ।
• स्थानीय स्तरमा पशुपन्छी सम्बन्धी तथ्याङ्कको व्यवस्थापन र सूचना प्रणाली ।
• पशु बधशाला र शीत भण्डारणको व्यवस्थापन र नियमन ।
• पशुपालन तथा पशु स्वास्थ्य सम्बन्धी अन्य कार्य ।