FAQs Complain Problems

Blogs

आन्तरिक बसाइसराई सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र सरी जाने व्यक्तिहरुको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि, नागरिकता प्रमाणपत्र नभएको हकमा विवाह दर्ता वा जन्म दर्ता वा उमेर खुलेका निस्साका प्रमाणित प्रतिलिपि      

  जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि वा घर वा जग्गा नभएकाको हकमा व्यवसाय वा बसाइ  खुल्ने प्रमाणका कागजातहरु       

 घर जग्गा भएकाकोहकमा घर भए चालु आ.व.सम्मको मालपोत र घर जग्गा

कर वा सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

घर जग्गा नभएकाको हकमा सम्बन्धित घर धनीसँग गरेको घर बहालको सम्झौता

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने         

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

 तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने