FAQs Complain Problems

Blogs

अस्थाइ बसोबास सिफारिस

लाग्ने समय: 
सोही दिन
जिम्मेवार अधिकारी: 
वडा अध्यक्ष वा सम्बन्धित वडाका पदाधिकारीहरु
सेवा दिने कार्यालय: 
सम्बन्धित वडा कार्यालय
सेवा शुल्क: 
आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरु: 

निवेदनपत्र र नागरिकता प्रमाण पत्रको प्रतिलिपि र बसोबास गर्ने घर नम्बर, टोल,मार्ग वा बाटोको नाम

वहालमा बसेको भए घरधनीको सनाखत मुचुल्का र निजको नागरिकता प्रमाणपत्रको प्रतिलिपि

कर्मचारीको हकमा हाल कार्यरत रहेको कार्यालयको पत्र

घरबहाल कर तिरेका रसिद

घरबहालको सम्झौता पत्र

प्रक्रिया: 

निवेदनसहित तोकिएका कागजातहरु पेश गर्ने

वडा अध्यक्ष वा वडा सदस्य वा वडा सचिवले सम्बन्धित कर्मचारीलार्इ  तोकआदेश गर्ने

निवेदन दर्ता गर्ने

तोकिएका कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस    तयार गर्ने

निवेदकले तोकिएको शुल्क बुझाउने

चलानी गरी निवेदकलार्इ सिफारिस उपलब्ध गराउने