FAQs Complain Problems

समाचार

सडक सरसफाइमा जुटे घनश्याम भुसाल

सडक सरसफाइमा जुटे घनश्याम भुसाल

चिसो मौसमले यतिबेला देशभरको जनजिवन कष्टकर बनेको छ । तराई/मधेसका क्षेत्रमा लागेको बाक्लो हुस्सु र पहाड–हिमालका क्षेत्रमा लागेको कुहिरोले दैनन्दिन क्रियाकलापमा असहजता पैदा गरेको छ । तर, विहानीपखको चिसो ठण्डी र सिरेटाेलाई छिचोल्दै एमाले उप–महासचिव घनश्याम भुसाल कुचो बोकेर सडकमा निस्किए ।

आज माघे संक्रान्ति पर्वको पनि हो । उनी ठण्डी र पर्वको कुनै प्रवाह नगरी नगरपालिकाको ड्राईभरटोल चोकमा सडक सरसफाइमा एक हुल मानिसहित निस्किए । नागरिकसँगै भुसाल हातमा पञ्जा र मुखमा माक्स लगाएर सडक सरसफाइमा सरिक भए ।

प्रतिनिधिसभा सांसद भुसालको कार्यमा प्रदेशसभा सांसद लिला गिरीले पनि साथ दिए । सडक सफाइ अभियान तिलोत्तमा नगरपालिकाले ‘समुदायमा आधारित सरसफाइ अभियान’ नाम दिएर सञ्चालन गर्दै आएको थियो ।

भुसाल रुपन्देही क्षेत्र नं. ३ र गिरी क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ तर्फका सांसद हुन् । सोमबार तिलोत्तमा नगरपालिकाले बुटवल–बेलहिया सिक्सलेन सडकको ड्राईभरटोल चोकदेखि शंकरनगर चोकसम्म सरसफाइ गरेको हो ।

सरसफाइ सामाजिक विकासको अभियान

सरसफाई अभियानमा सांसदहरुकोसमेत सहभागिताले आफूहरुलाई थप हौसला मिलेको नगर प्रमुख वासुदेव घिमिरेले बताए । अभियानमा जनप्रतिनिधिहरुका साथै विभिन्न टोल विकास संस्था, विभिन्न क्लव, आमा समूह, शिक्षण संस्थासँगै स्थानीयको पनि उल्लेख्य सहभागिता थियो ।

प्रतिनिधिसभा सदस्य भुसालले सरसफाई अभियान सामाजिक विकासको अभियान भएको बताए । उनले आर्थिक विकासका लागि सामाजिक काममा ध्यान जानु जरुरी पनि रहेको बताए । भुसालले सामाजिक कार्यबाट नै समाज परिवर्तनमा सहयोग पुग्नमा जोड दिए ।

सोमबारको सरसफाइमा झण्डै दुई टिप्पर फोहोर व्यवस्थापन गरिएको छ । यसरी व्यवस्थापन गरिएको फोहोरमा अधिकांश सुर्ती, गुट्खा, विभिन्न जङ्क फुडका खोललगायत प्लाष्टिकजन्य फोहोर रहेको छ । अभियानकै क्रममा विभिन्न व्यक्तिहरुले आफ्नो घर अगाडि, बुटवल–बेलहिया सिक्सलेन सडकको ‘ग्रीन जोन’ मा फूलका विरुवाहरु रोपेका छन् ।

Slider: 
0