मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस "समुन्नत, सुरक्षित र वातावरण मैत्री सुन्दर सहर! सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर"

नगर परिचय

प्रदेश नं.–५ अन्तर्गत रुपन्देही जिल्लाका साविकका ६ वटा गा.वि.स. हरु (शंकरनगर, आनन्दवन, करहिया, मक्रहर, टिकुलीगढ र मधवलिया) मिलेर २०७१÷१÷२५ मा स्थापना भएको तिलोत्तमा नगरपालिकामा हाल गंगोलिया गा.वि.स समेत समायोजन भई सुन्दरता र  सम्पन्नताको अनुपम नमुनाको रुपमा परिचित  छ । रुपन्देही जिल्लाको मध्यभागमा अवस्थित यो नगरपालिका लुम्विनी अञ्चल रुपन्देही जिल्लाको वीच भाग भएर वग्ने नदीको नामवाट नामाकरण गरिएको हो । महाभारतमा व्रम्हाजीले सवै रत्नहरुवाट तिलका गेडा(दाना) बरावरको सुन्दरता निकालेर तिलोत्तमा नदीको उत्पन्न गराएको किम्वदन्ती रहेको पाईन्छ ।
भौगोलिक हिसावले २७ डिग्री ३३ मिनेट उत्तरदेखि २७ डिग्री ३९ मिनेट उत्तरी अक्षांश र ८३ डिग्री २५ मिनेट पूर्वदेखि ८३ डिग्री ३३ मिनेट पूर्वी देशान्तरसम्म फैलिएको यो नगरपालिका  समुद्र सतहदेखि १६० देखि १७५ मीटर सम्म उचाईमा अवस्थित छ ।  पूर्वमा रोहणी नदी र देवदह नगरपालिका, पश्चिममा तिनाउ नदी, सियारी र शुद्धोधन गाँउपालिका, उत्तरी सिमामा वुटवल उपमहानगरपालिका र दक्षिणमा ओमसतिया गाँउपालिका र सिद्धार्थनगर नगरपालिका सीमाना रहेको तिलोत्तमा नगरपालिकाको कूल क्षेत्रफल १२४.८ वर्ग किलोमिटर रहेको छ  भने यो क्षेत्रमा उष्ण प्रदेशीय हावापानी पाईन्छ ।

२०६८ सालको जनगणना अनुसार तिलोत्तमा नगरपालिकाको कुल जनसंख्या १ लाख १ सय उन्पचास रहेको छ भने यस क्षेत्रको जनघनत्व ७९३.६३ तथा औषत वार्षिक जनसंख्या वृद्धिदर २.२६ छ । सामाजिक, सास्कृतिक, प्राकृतिक, जैविक विविधताले भरिपूर्ण रहेको यस नगरपालिकामा व्राम्हण, क्षेत्री, थारु, मगर, विश्वकर्मा, गुरुङ्ग, यादव लगायत ५८ प्रकारका जातीहरुको वसोवास रहेको छ भने नेपाली, थारु, मगर, अवधि, भोजपुरी मैथली जस्ता थुप्रै भाषाहरु यस क्षेत्रमा वसोवास गर्ने मानिसहरुको मातृ भाषा रहेको छ । यो नगरपालिकामा फरक फरक जातजाती, धर्मसस्कृती र भेषभुषा भएपनि विविधता वीचको साझा वन्दन र आपसि सहिष्णुताले गर्दा अनेकतामा एकताको अनुकरणीय नमुनाको रुपमा स्थापित भएको छ ।

संक्षिप्त परिचय

नगरपालिका प्राेफाइल

जनसंख्या विवरण
पुरुष महिला तेश्राे लिंगी जम्मा जम्मा घरधुरी
६३३१६ ६०५०९ ११ १२३८३६ २५५०३
शैक्षिक संस्थाहरु
प्रारभिंक बाल विकास केन्द्र आधारभूत माध्यमिक बिद्यालय क्याम्पस
स्वास्थ्य संस्थाहरु
स्वास्थ्य चौकी शहरी स्वास्थ्य केन्द्र २४ घंटे प्रसुती केन्द्र खाेप क्लिनिक गाउघर क्लिनिक महिला स्वास्थ्य स्वयंसेविका
३० २२ १७६
प्रहरी कार्यालय
मंगलापुर ड्राइभरटाेल महुबारी