FAQs Complain Problems

Blogs

सूचना तथा समाचार

तिलाेत्तमा नगरपालिका र कोरियाली राजदुतबीच छलफल,कोरियाली लगानी भित्र्याउन राजदूत सिकलाई आग्रह

रुपन्देहीमा जनप्रतिनिधि र कोरियाली राजदुतबीच छलफल भएको छ । तिलोत्तमा नगरपालिकाका जनप्रनिनिधि र नेपालका लागि दक्षिण कोरियाका राजदुत पार्क योङ्ग सीकबीच सोमबार मणिग्राममा छलफल भएको हो ।

नगर प्रमुख घिमिरेले नगरपालिकामा सुरु भएका विकास निर्माण, अभियान तथा भावी योजनाहरुका बारेमा राजदुत सीकलाई जानकारी गराए । उनले नगरपालिकाले अघि सारेका ठूला योजनामा दक्षिण कोरियाली सरकारको तर्फबाट सहयोगका लागि सहजीकरण गरिदिन राजदुत सीकलाई आग्रह गरे ।

राजदुत सीकले स्थानीय सरकारका गतिविधिलाई आफूले नजिकबाट नियाल्ने अवसर पाएको बताए । उनले लुम्बिनी र व्यापारिक नाकाबाट नजिक रहेकाे तिलोत्तमा विकासको प्रचुर संभावना रहेको जनाए । छलफलमा नगर प्रमुख बासुदेव घिमिरे, कार्यपालिका सदस्यहरु, प्रमुख प्रशासकीय अधिकृतलगायतका कर्मचारीहरु, कोरियाली दुतावासका शिव पोख्रेल, अङ्कुर नेपालका गम्भिर गुरुङको सहभागिता रहेको थियो ।

Pages